रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको टुइनअटर विमानको पङ्खामा चरा छिरेपछि शनिबार बिहान आकस्मिक अवतरण गरिएको छ । सीता एयरको ‘९ एन–आई–इ’ विमानको पङ्खामा चरा छिरेको हो ।

विमानमा १३ जना यात्रु र चालक दलका तीनजना सदस्य रहेको थिए । पाइलटले विमानको पङ्खामा चरा छिरेको थाहा पाएपछि विमान पुनः मन्थली एयरपोर्टमै सकुशल अवतरण गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोष भट्टराईले जानकारी दिए । विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना टरेको छ ।

तपाईको प्रतिक्रिया