सुनसरी , सुनसरीको बराहक्षेत्र ५ स्थित हैटाखाेलामा शुक्रबार सालनालसहित पानीमा फालिएको बच्चा फेलापरेको छ ।

श्री ज. डे. ज. मा. विकाे खेल मैदान पुर्व पट्टीको खोलामा नवजात शिशुको शव फेला परेको हो । स्थानीयले बिहिवार बेलुका देखे पनि गुडिया हाे भनेर वास्ता नगरेकाे बताएका छन् ।

शुक्रबार विहान ९ बजे फेरि खाेलामा देखेपछि ध्यान दिएर हेर्दा शिशुको शव भेटिएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय चक्रघट्टीले बालककाे शवकाे मुचुल्का उठाई धरानकाे विपि हस्पिटल पाेष्टमार्टमका लागि पठाएको असइ दिपेश कुमार देवले बताए ।

तपाईको प्रतिक्रिया