कञ्चनपुर, बलात्कारको आरोपमा मालपोत कार्यालयका प्रमुख पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडीले एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

एक स्थानीय महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी
दिएका छन् । मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनैखाले जाहेरी नआएको  चन्दले बताए ।

तपाईको प्रतिक्रिया