इटहरी । इटहरीमा तास खेल्दै गरेको अवस्थामा सिटि गेष्ट हाउस भित्र  साझा पार्टी सुनसरीको संयोजक राम गिरी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय इटहरीले बसपार्कमा तास खेल्दै गरेको अवस्थामा खालैबाट पक्राउ गरेको हो ।

योगेन्द्र गिरीको घरमा रहेकाे सिटि गेष्ट हाउस भित्र तास खेल्दै गर्दा इटहरी ९ घर घएका संयोजक गिरी सहित सोही ठाउँका सरोज राउत,सरोज बोहोरा,केशब बस्नेत,रामधुनीका महेश राजबंशी, योगेन्द्र गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।तासको खालबाट ३ लाख ६५ हजार ३ सय ६० रुपैया नगद समेत बरामद भएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएकाे छ । इटहरी क्षेत्रमा तास जुवा खेल्नेहरुलाई निगरानीमा राखेको समेत प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया