पार्किङ गरि राखिएको मोटरसाइकलमा आगजनी भएको छ ।

धनुषामा पार्किङ गरिएका ९ वटा मोटरसाइकलमा आगजनी भएको छ । जनकनन्दनी गाउँपालिका वडा नं। ३ महुवामा एल्वेसटरको छानामुनी पार्किङ गरेर राखेको मोटरसाइकलमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ।
बुधबार राति पार्किङ गरेको अवस्थामा आगजनी भएपछि मोटरसाइकल जलेर नष्ट भएका छन् । घटना सम्बन्धमा छानबिन भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।
९ वटा मोटरसाइकल र ३ वटा साइकल पार्किङ स्थलमा जलेर नस्ट भएको खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया