काठमाडौं,  पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैँको टीका लगाइदिनु भएको छ । दशैँको टिकाको दिन मंगलबार पूर्वराजा शाहले महाराजगञ्ज स्थित निर्मल निवासमा अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई टीका लगाइदिनु भएको हो ।

त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो । पूर्व राजा शाहले हरेक वर्ष वडा दशैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया