ईलाम, ईलाम माङसेबुङ गाँउपालिका-२ घर भई हाल झापा हल्दीबारी ईटाभट्टामा अस्थाई रुपमा बस्दै आएका ५० बर्षीय मारेम्लुङ राई मृत अवस्थामा फेला परेका छन ।

२२ गते राति के-कुन समयमा आफ्नै घर देखी २०० मिटर पूर्व रहेको  भुतेनि खोलाको छेउमा रहेको बाँसघारीमाराई मृत अवस्थामा फेला परेको भनि आफन्तले आज बिहान साढे ७ बजे प्रहरी चौकी गोलधापमा जानकारी गराएका थिए। घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय झापा समेतबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया