काठमाडौं ।  पूर्व राजा ज्ञानेन्द्र शाह र राष्ट्रपति विद्यादेवी भण्डारी  दुवैले फरक फरक स्थानमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अपरान्ह चार बजे टीका लगाइदिने भएका छन् ।सर्वसाधारणलाई निर्मल निवासमा टीका लगाइदिने गरी समय तय भइसकेको छ । राजसंस्थाको अन्त भएपछि पनि पूर्व राजाले सर्वसाधारणलाई टीका लगाइदिने गरेका छन् । विशेषगरी राजसंस्थाका पक्षधरहरु टीका लगाउन पूर्व राजा कहाँ पुग्ने गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार २१ असोज बडादशैंमा दिउँसो १ देखि २ बजेसम्म सरकारका वरिष्ठ अधिकारीहरुलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । दिउँसो साँढे दुई देखि साँढे तीन बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।

 

तपाईको प्रतिक्रिया