धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्य समिति धनकुटाले हिन्दुहरूको महान चार्ड विजया दशै, तिहार, नेपाल सम्वत् वाडिङ्ङे मंसिरे पर्व तथा छठको पावन अवसरमा आफ्ना कार्यकर्ताका साथै स्थानियहरूलाई एक कार्यक्रमका साथ शुभकामना आदान प्रदान तथा जलपान समारोह सम्पन्न गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारि सिताराम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न जलपान कार्यक्रममा राप्रपा संयुक्त जिल्ला कार्य समितिका सम्पुर्ण सदस्य , स्थानीय विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । पार्टीका अध्यक्ष लक्ष्मि सुब्बाको अध्यक्षतामा सम्पन्न शुभकामना कार्यक्रममा बोल्नु हुदै अध्यक्ष सुब्बाले सबै युवाहरूलाई समेटेर अगाडि बढ्ने बताउदै सुर्य बहादुर थापा ट्रष्ट धनकुटामा पनि चाडै स्थापना गर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया