इटहरी । पर्यटन वर्ष २०२० लाइ सफल पारौ भन्ने मुल उद्ेश्यका साथ बडादशैंको शुभकामना सहित सुन्दर खुसार्ने युवा क्लबले असोज १९ गते देखि सुन्दरहरैचामा दशै तिहार रमाइलो  मिनि मेलाको आयोजना गर्ने भएको छ ।

मोरङको बिराटचौकमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले सुन्दरहरैचाको सुकुना चौरीमा सो मेला लगाउने  जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष काजिहाङ लिम्बुले उक्त मेला १५ दिन सम्म सञ्चालन हुने र तयारी अन्तिम चरणमा रहेको जनाए ।

सुन्दरहरैचा नगरपालीकाका मेयर शिव ढकालको हातबाट समुदघाटन हुने मिनि मेलामा ३० हजार देखि ५० हजार आन्तरीक पर्यटकहरूले अनुगमन गर्ने अनुमान लगाइएको छ ।

सो मेलामा बाल उद्यान , खेल सामग्री , पिङ लगायत स्थानीय कलाकार सहित राष्ट्रिय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । आगामि २०२० को पर्यटन वर्षलाइ लक्षित गर्दै धेरै भन्दा धेरै पर्यटकहरू भित्र्याउने उद्येश्य सहित मिनि मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष काजिहाङ लिम्बुले बताए ।

मेला लगाउने बिषयमा प्रहरी प्रशाशन र स्थानीय सरकार दुवै संग अनुमति एवम सकरात्मक सन्देश सहित सबैको सल्लाह र सहयोग पाएपछि सो मेलाको आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । सो मेलाले रू ५० लाख सम्मको कारोबार गर्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया