इटहरी । वडादशै अन्र्तगत सप्तमीका दिन आज सुनसरीको इटहरीमा फूलपाती शोभा यात्रा सहित सामुहिक दुर्गा पुजा स्थलमा धुमधामका साथ फुलपाती वडाई गरिएको छ ।

सामुहिक रुपमा पुजा गर्न वनाइएको दुर्गा पुजा स्थलमा फूलपाती शोभा यात्रा सहित पुगेर हरेक वर्ष झै विधिवत रुपमा दुर्गाको मुर्ति अनावरण गरिएको हो ।
प्रदेस नम्वर १ को एक विकसीत सहरका रुपमा रहेको इटहरीमा विगत दुई दशक देखि सामुहिक दुर्गा पुजा गरिदै आएको छ । सामुहिक रुपमा दुर्गा पुजा स्थल वनाएर पुजा गरिने दुर्गा मुर्ति स्थलमा समाज कल्याण सत्र्सग भवनवाट फुलपाती सहित हर्ष वढाईका साथ पुजारी, नेपाली सेना , नेपाल प्रहरी ,शसस्त्र प्रहरी, स्थानीय सामाजिक संघ सस्थाका प्रतिनिधीहरु व्याण्डवाजा , पञ्चेवाजा बजाउदै नाचगान सहितको टोली पुगेर मुर्तिको अनावरण गर्ने गरिन्छ ।

मुर्ति अनावरण तथा फुलपाती वडाइका अवसरमा नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी चढाएको थियो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दुर्गा भगवतीको मुर्ति अनावरण गरि पुजा गरे । मुर्ति अनावरण गरिएपछि सर्वसाधारणहरुका लागि पुजा गर्न खुल्ला गरिने गरिन्छ । हरेक वर्ष झै विहानै देखि सार्वजनिक दुर्गा पुजा स्थलमा वनाइएको दुर्गा स्थलमा पुजा अर्चनाका लागि सर्वसाधारणको भिड लागेको छ । सार्वजनिक स्थलमा बनाइएको दुर्गा पुजा स्थलमा फुलपाती वडाइ पछि पुन सत्सर्ग भवनमा पुगेर फुलपाती भित्र्याउने गरिन्छ । केही वर्ष यता देनि इटहरीमा हुने फुलपाती वडाईमा उल्लेखिय संखयामा मानिसहरुको उपस्थिती हुने गरेको छ । सार्वजनिक दुर्गा पुजाका लागि विजय खत्रीको अध्यक्षतामा पुजा समिति वनाइएको छ ।  दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा उखु , अदुवा , वेलपत्र , दारिम, अशोक पत्र, फुल लगायतका फुलपाती भित्रयाइने परम्परा रहेको छ । वडा दशैं घटस्थापनाका दिन
देखि सुरु भएर कोजागत्र पुर्णिमा सम्म चल्ने भएपनि विशेष दिनका रुपमा सप्तमीलाई पनि लिने गरिन्छ

तपाईको प्रतिक्रिया