- राधीका जोशी
                                                          राधीका जोशी

हिन्दूहरूको महान पर्व भनेर चिनिने बडा दशैंले घर आगनमा पाइला टेकसकेको छ । तर यो पर्वले नेपाली समाजमा समानता को सट्टामा बिसमानता सृजना गरिदिएको छ । कुनै एउटा सम्प्र
एउटा शैली, संस्कार र संस्कृतिको उत्थान । हिन्दुहरुको महान चाड, पुर्वकालिन मनोरञ्जनको साधन त्यो भन्दा बढि पारिवारिक सम्बन्ध विस्तारको सुचक हो दशैं । असत्य माथि सत्यको जीतको रुपमा मनाउँदा मनाउँदै परम्परा बनेको जीतौरीहरुले मनाउने उत्सव हो दशैं । तर हरेक युगको कालखण्ड चाहार्ने हो भने दशैंको रुपमा मनाउँदै आएको यो चाडलाई एक पटक विष्लेषण गर्न अत्यावश्यक भैसकेको छ । यो आधुनिक युगको कालखण्डमा आएर पनि हामी बुझेर वा नवुझेर असत्य माथीको जीतमा सत्यहरुको कुण्ठा पिडा विबस्ता र बाध्यता बोकेर अबोध बालक झैं परम्परा मनाई रहेका छौं । सत्यको ढोंग फुकेर युगौं देखी मञ्चन गर्दे आएको दशैं नामक नाटक के का लागि भन्ने कुराहरुको अझैं पनि हामीलाई स्पस्ट भएको छैन । त्यसैलेत एउटै आमाका सन्तान हामि तिनै आमालाई खुसि पार्न भनेर अर्को सन्तानलाई वली चढाई रहेका छौ । के एउटा सन्तानको खुसिमा अर्को अवोध सन्तानको आँसु सहन सक्छिन त आमाले ?
घटस्थापनाको दिनबाट दशमीको दिन सम्ममा कति निर्दोष प्राणीले ज्यान गुमाउछ होला ? आफ्नो स्वार्थको लागि एउटा निर्दोष प्राणीले उसको आमुल्य जीवनको आहुती दिनु पर्ने कस्तो पद्दती हो यो ? मानव जसरी आफ्नो आमाको गर्व प्रवेश पछि क्रमिक बृदिसंगै यस संसारमा आउछ त्यस्तै हरेक प्राणी त्यहि पद्दतीबाटै संसार देख्छन् । र मानव झै उलिनहरुलाई पनि आफ्नो जीवन सुनदर प्यारो लाग्छ । किन हामी त्यो बुझ्दैनौ । सेवा सत्कार गर्नु, गुण गान गाउनु, महिमा गाउनु नै पुजा हो तर हामिले पूजा भनेर कुनै अदृष्य शक्तिलाई खुशि बनाउन र आफ्नो स्वार्थको लागि निर्दोश प्राणीको बली दिनु कक्तिको जायज हो ?
बिबेकशिल मानव अझ बूद्दिजिवी भन्नेहरू नै ती अदृष्य शक्ति माथी विश्वाश गर्दै आफ्नो स्वार्थको लागि भाकल गरेर माग्ने गर्छन । काम पुरा भएमा पशु वलि चढाउछन् तर तिनलाई यो किन थाहा छैनकि आफु आफ्नो मिहिनेतले सफल भयौ भनेर । बरु मानव भन्दा बढि सत् पशु छन् । हामी त्यहि निर्दोष पसुलाई दुर्गा र रामको नाम मा किन वलि चढाएर उन्मुक्त हुन्छौं ? पशु पनि पृथ्वीको एउटा जीव हो । जो मानव निर्देशन अनुसार चल्न सक्दछ । हरेक दुख कष्ट महसुस गर्न सक्दछ मात्र वोल्न सक्दैन तर हामी नरभक्षी बनेर मरिसकेका इतिहासको निर्जिव पाउमा जिउँदाहरुलाई वलि चढाउँछौं । अझ इतिहासमा कतिपय ठाउँमा त मानव बलि नै दिने प्रथा नभएको होइन । तर आज त्यो परम्परा भने धन्न हटेको छ । जस्को सिकार निर्दोष पशुहरु बन्ने गरेका छन ।
ढुङ्गा र धातुका सालिकहरुलाई पशुवलि चढाएर वरदान माग्ने प्रथाले नेपाली समाजलाई कालान्तरमा त्यहि बाटो दोहो¥याइरहेछ । यहाँ जस्को शक्ति उस्कै भक्तिको रुपमा परम्परा र पर्वहरु विकसित हुँदै गएको छ । जस्लाई तपाई हामिले परिस्कार गर्न अत्यावश्यक छ ।
पुजां न पुजनेय्यानं, एतं मङगलमुत्तमं अर्थात पुजा गर्न योग्यलाई मात्र पुजा गर्नु पर्छ । जुन गरेको पुजाले सम्पुर्ण प्राण्ी जगतको हित होस ।

तपाईको प्रतिक्रिया