सुन्दरहरैचा, दशै लक्षित बजार अनुगमन गरिएको सुन्दरहरैचा नगरपालिकामा नगर भित्रका अधिकांश होटल तथा व्यवसायमा अखाध्य वस्तु तथा म्याद सकिएको वस्तुहरु फेला पारेको छ ।

करिब चार दिन लगाएर सुन्दरहरैचा नगरपालिका हित्रका बलिया, गछिया, गोठगाउ, सलकपुर, विराटचौक, खोर्साने, बेलेपुर, हरैचा र मृगौलियामा गरिएको अनुगमन मध्ये अनुगमन टोलीले स्वाद होटलमा व्यवस्थित भएको पाएको छ ।

सुन्दरहरैचा भित्र बग्रेल्ती रुपमा होटलहरु सञ्चालनमा आएको छ तर केही व्यवस्थित छ भने केही अव्यवस्थित रुपमा सञ्चालनमा आएका छन । पछिल्लो समय सुन्दरहरैचामा होटल खोल्नु फेसन जस्तै भएको छ तर फेसनमा खोलिएको होटलहरु भने अव्यवस्थित भएकै कारण केही बन्द पनि भए ।

तर स्वाद होटल यस्तो होटल हो जस्ले करिब डेढ वर्ष देखि ग्राहकको मन जित्दै सेवा दिदै आएको छ । सुविधा सम्पन्न सेमिनार हल, मिटिङ हल बर्थ्डे हल भएको उक्त होटलले अहिले ग्राहकको मन जित्दै आएको छ ।

अनुगमन गर्ने क्रममा पनि हरेक होटलमा ४/५ दिन अघि देखिको मासु राखिएको पाइएको थियो तर अनुगमन टोलीले स्वादमा त्यस्तो केही समस्या नदेखिएको अनुगमन टोलीका एक प्रतिनिधिले बताए ।

दैनिकी सयौको संख्यामा ग्राहकको रोजाईमा परेको होटलले १८ जनालाई रोजगारी समेत दिदै आएको छ ।

होटल सञ्चालकले ग्राहकको सुझावलाई मध्यनझर गर्दै साहाकारी र मांसाहारी दुवै परिकारलाई छुट्टाछुट्टै किचन रुमको व्यवस्था गरि सञ्चालन गर्दै आएको छ । होटलले चाडपर्व लक्षित ग्राहकहरुको लागि केही छुटको समेत व्यवस्था गरेको छ भने ग्रुपमा आउने ग्राहकलाई स्पेशल छुटको समेत व्यवस्था गरेको होटल सञ्चालक रेवत अधिकारीले बताए ।

होटल व्यवसायले सुन्दरहरैचाको आय आर्जनमा समेत प्रवाभ पारेको छ भने यहाको भौगोलिक समाजको स्तरलाई समेत माथी ल्याउन सहज बनेको छ । हिजोको सुन्दरहरैचा अर्थात हिजोको विराटचौक र आजको विराटचौकको विकासलाई समेत होटलले झल्काउने गरेको पाइन्छ ।

अझ सुन्दरहरैचा पछिल्लो समय विकसित शहरको रुपमा परिचित हुँदै गएको नगरपालिका हो । दैनिकी हजारौको संख्यामा यहा मानिसहरु बाहिरबाट आउने गर्दछन । उनिहरुको लागि व्यवस्थित खाजाको रुपमा सेवा दिदै आएको स्वाद होटल अहिले विराटचौककै लोकपि्रय बन्दै आएको छ । अहिले सबैको मुखमा सुन्ने गरिन्छ खाजाको रुपमा होस या अन्य सेमिनारको रुपमा ग्राहकले स्वादलाई रोज्न थालेका छन ।

विराटचौकमा मात्र स्वाद लोकप्रिय नभएको बताउछन होटल सञ्चालक सुमन बानिया । पुर्वका अधिकांश मानिसको रोजाईमा स्वाद होटल परेको बानिया बताउछन ।

होटलले आफ्नो ग्राहकहरुलाई विजय दशमीको उपलक्ष्यमा शुभकामना समेत दिएको छ । होटल परिवारले २०७६ सालको महान चाड विजय दशमीको शुभकामना दिदै आफ्नो ग्राहकको स्वास्थ्य लाभको कामना गर्दै उतर उतर प्रगतिको शुभकामना व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया