इटहरी  । सुनसरीको इटहरीमा रहेको द योंग ब्रदर्स क्लबले नजिकिदै गरेको दशै तिहारको अवसर पारेर प्रदेश स्तरिय भेट्रान फुटसल प्रतियोगिता सञ्चालन गरेको छ । खेलको माध्यमबाट एक अर्कामा भाईचारा कायम गर्न सहयोग मिलोस भन्ने उद्धेश्य सहित यो प्रतियोगिताको आयोजना गरिएको हो ।
खनारमा रहेको एस.डि फुटसलमा भएको प्रतियोगिता मा १२ वटा टिमले सहभागीता जनाएको छन् भने प्रथम हुने लाई नगद चालीस हजार र दोश्रो लाई नगद बिश हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र बितरण गरिने क्लबका अध्यक्ष बिकास के.सीले जानकारी दिए ।
खेलको माध्यमबाट नेपाललाई बिश्वसामु चिनाउन मद्धत गरिरहेको भए पनि राज्यले खेलको क्षेममा उपेक्षा गरेको नेपाली कांग्रेस इटहरी नगर सभापति एवंम कार्यक्रमका प्रमुख अतिथि हेमकर्ण पोडेलले बताए । भेट्रान खेलको आयोजना गर्नुको मुख्य उद्धेश्य खेलमा रुचि भएको तर उमेरको कारण खेलबाट टाडा हुनु नपरोस भनेर यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया