भारतको पुनेमा अत्याधिक वर्षाका कारण आएको बाढीमा १७ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये ९ वर्षीय एक बालक पनि परेका छन् । प्रहरीका अनुसार उद्धारकार्य जारी छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फदनबीसले मृतकमाथि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै १५ हजार मानिसलाई उद्धार गरिएको जानकारी दिएका छन् । साथै महाराष्ट्रमा पछिल्लो २४ घण्टादेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । यहाँका स्कुल, कलेज समेत बन्द गरिएको छ । यस वर्ष भारतका विभिन्न क्षेत्रमा भारी वर्षाका कारण ठूलो जनधनको क्षति भइसकेको छ ।

तपाईको प्रतिक्रिया