इटहरी । सुनसरीको इनरुवा खेल मैदानमा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले सप्तरी क्रिकेट क्लवलाई १सय ३९ रनको फराकिलो अनतरले हराउदै सहज जित निकालेको छ । व्याटिगं गरेको एपिएफले सप्तरीलाई २ सय १ रनको लक्ष दिएको थियो भने सप्तरीका खेलाडिहरु एफिएफका बलर सामु टिक्न नसक्दा सप्तरी १४ दशमलव २ ओभरमा अलआउट हुदै ६१ रनमै समेटिएको थियो ।

सप्तरीलाई सस्तैमा समेट्न एपिएफका अमर सिंह रौतेलाले ३ , बिकास आग्रीले २ तथा पृथु बास्कोटा र शरद भेषावकरले १÷१ विकेट लिए ।

सप्तरीका लागि बिकास दासले १२ र मेहबुब आलमले १० रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोडन सकेनन ।पहिलो ब्याटिङ गरेका ेएपिएफले २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय रन बनाएको थियो ।टिमको उच्च स्कोर बनाउन एपिएफका लागि आसिफ सेखले ९५ रनको विष्फोटक पारी खेले। शतक बनाउन ५ रनले मात्र चुकेका सेखले आफ्नो पारीमा ७ चौका र ६ छक्काका बल हिर्काएका थिए । उनी रोहित सिङको बलमा क्याच आउट हुन पुगे ।

एपिएफका लागि सरद भेषावकरले ७४ रन बनाए । सरद र आसिफको जोडीले पहिलो विकेटका लागि१ सय ५१ रनको साझेदारी गरेको थियो । बलिङ तर्फ सप्तरीका बिकास दासले २ तथा रोहित सिंहले १ विकेट लिए ।खेलको म्यान अफ दी म्याच विजयी टिम एपिएफका आसिफ सेख घोषित भए ।प्रतियोगिता अन्र्तगत आज रातीको खेल जनकपुर र वीपी केआइएचएस धरान बिच हुने छ ।

तपाईको प्रतिक्रिया