आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा एक ७४ वार्षीया वृद्धाले जुम्ल्याहा बालिकाहरुको जन्म दिएकी छन् । वृद्धाको नाम मंगयम्मा हो, जसले अहिल्या नर्सिङ होममा बालिकाहरुको जन्म दिइन् ।

 

उनको ५७ वर्ष पहिले पुर्वी गोदावरी जिल्लाका किसान यरसमेत्ती राजाराव सँग भएको थियो । उनको पछिल्लो १० वर्षदेखि बच्चाको लागि उपचार हुँदै आएको थियो । तर अहिले इबीएफ टेक्नीकको सहायताले उनले जुम्ल्याहा शिशुहरुलाई जन्म दिएकी हुन् ।

 

चिकित्सकहरुले माइनर सर्जरी गर्दै कुनै अर्को महिलाको युट्रस उनको शरीरमा प्रत्यारोपण गरे । र त्यसपछि जनवरीमा गएर उनलाई सफलता मिल्यो, उनी गर्भवती भएको पुष्टि भयो ।

 

डाक्टरका अनुसार ७४ वर्षमा पनि उनी स्वस्थ रहेकी छिन् । न त उनलाई सुगर छ न त उनलाई प्रेसर नै रहेको छ । यो भन्दा पहिले सबैभन्दा पाको उमेरमा आमा बन्ने रेकर्ड राजस्थानकी दलजिन्दर कौरको नाममा रहेको थियो ।

तपाईको प्रतिक्रिया