इटहरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालीका र कोशी गाँउपालीकालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको ग्रामीण स्वावलम्बन बिकास केन्द्रले बिपत्त व्यवस्थापनको लागी भन्दै कोशी टाप्पु आरक्षण कार्यलयलाई बिभिन्न सामग्री बितरण गरेको छ ।
बर्षे पिच्छे कोशीमा आउने बाढिको कारण जोखिम बढेको भन्दै बिकास केन्द्रले कोशीबाट आरपार गर्दा ढुंगामा अनिवार्य लाईफ ज्याकेट लगाउनु पर्ने सचेतना सहित ३५ वटा ज्याकेट बितरण गरेको छ भने दुई सय मिटर डोरि , दुई वटा हम्बर, एउटा स्टेचर र आरा पाच वटा बितरण गरेको बिकास केन्द्रका संयोजक दिपेन्द्र गौतमले जानकारी दिए ।
कोशिमा ढुंगाबाट ओहरदोहोर गर्दा धेरै जोखिम बडेको भन्दै बिकास केन्द्रले सामग्रीको बितरण गरेको हो । सामाजिक काम गर्दै आएको यस संस्थाले आगामी दिनमा पनि बिभिन्न काम गर्ने जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया