धनकुटा । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ अगाडि बढेको जनउत्थान बहुउद्देश्यीय सहकारी संस्था लि. को बार्षिक साधारण सभा सम्पन्न भएको छ । बहुउद्देश्यीय सहकारि संस्था लि.धनकुटाको एघार औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष दिनेस राईको अध्यक्षता एवंम प्रदेश सभाका सदस्य माननिय लिला सुब्बाको प्रमुख आतिथ्तामा सम्पन्न भएको संस्थाका उपाध्यक्ष नील बहादुर थापाले बताए । साधारण सभामा संस्थाका अध्यक्ष राईले सञ्चालक समितिको तर्फबाट संस्थाको गतिबिधि सहितको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । उक्त साधारण सभामा संस्थाका सल्लाहाकार, सञ्चालक, कार्य समिति, लेखा समिति, कर्जा उपसमिति, पदाधिकारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो । २०७५ सालको दशौ बार्षिक साधारणसभाबाट प्राप्त निर्देशित कार्यक्रमहरू साथै सहकारीको सात शिद्दान्तको मुल्य मान्यता एवंम आत्मसाथ गर्दै सहकारी एेन नियम र संस्थाको विनियमको परिधीभत्र रहेर संस्थाको दिगो विकासको कार्ययोजना अगाडि बढाएको प्रतिबेदनमा उल्लेख रहेको संस्थाका अध्यक्ष राईले बताउनु भयो । उक्त साधारण सभाको अवसरमा असर ऋणि, बचत कर्ता, उत्कृष्ट शेयर धनिलगायतलाई पुरस्कार सहित सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया