धनकुटा । पाख्रिवास नगरपालिका वडा नम्वर ६ फलाटेमा २०४ सालमा स्थापना गरिएको अमर माध्यमिक विद्यालयको ७२ औं बार्षिक उत्सवको अवसर पारेर नव निर्मित दुई वटा विद्यालय भवनको प्रतिनिधि सभाका सदस्य माननिय राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ शिक्षा जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा धनकुटाको २२ लाख ६२ हजार ६ सय ७८ रूपैयाँ ९३ पैसाको लागतमा निर्माणाधिन दुईकोठे ट्रष्ट ब्लक भवन र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाई धनकुटाको चारकोठे पक्कि भवन २०७४र७५ शिक्षा विकास तथा समन्वय इकाई धनकुटाको १८ लाख रूपैयाँ र आ.व. २०७५र७६ मा पाख्रिवास नगरपालिकाको १७लाख ७२ हजार चारसय २० रूपैयाँ र विध्यालयको कोषको ६ लाख ६८ हजार आठ सय ३१ रूपैयाँको लागतमा निर्माणाधिन भवनको प्रतिनिधि सभाका सांसद माननिय राईले उद्घाटन गर्नु भएको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र राईले बताउनु भयो । उक्त बिध्यालयमा १ देखि कक्षा १० सम्मका दुईसय ८७ जना बिध्यार्थिहरू पठन पाठन गरिरहेको विध्यालयले जनाएको छ । विगतमा गएको भुकम्पका कारण भवन क्षतिग्रस्त भई पठन पाठनमा समस्या भएकाले केहि हद सम्म समस्या समाधान गर्न उक्त भवन निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा धनकुटाका प्रमुख शम्भु प्रसाद पाण्डेले जानकारी दिनु भयो । सोहि अवसर पारेर शिक्षण सिकाईमा लगनसिल, अनुसासित एवंम गतबर्षको एस.ई.ई परीक्षामा २.९० ग्रेड प्राप्त विद्यार्थिलाई बद्रिनाथ रनमाया गुरागाँई तथा दुर्योधन गणेश कुमारी राना नगद पुरस्कार सहित सम्मान गरेको छ । यसका साथै उत्कृष्ट शिक्षक सम्मान समेत गरेको शिक्षक अभिभावक संघका अध्यक्ष हिरामान तामाङ्गले जानकारी दिनुभयो । देश विकास गर्नका लागि शिक्षा सहितको जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताउदै शिक्षाको माध्यमबाटै देश विकास सम्भव रहेको माननिय राईले वताउनु भयो । उक्त दिवसमा विध्यालय ब्यावस्थापन समितिका अध्यक्ष गोरख बहादुर पिठाकोटे मगर , पाख्रिबास नगरपालिकाका प्रमुख बृष बहादुर राई, सामाजिक व्याक्तित्व, भुपु शिक्षकहरूलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया