इटहरी । विभिन्न कारणले सडक क्षेत्रमा भौतारिएर जीवन गुजरा गर्दै आएकाहरुलाई संरक्षण दिदै आएको इटहरीमा रहेको माया घर नेपालको भवन कोठा थप्नका लागि रोटरी क्लव अफ विराटनगर सिटीले नगद सहयोग गरेको छ ।
ऋाफना सदस्यहरुबाट रकम संकलन गरी पहिलो चरणमा ६५ हजार माया घरलाई रोटरी क्लव अफ विराटनगर सिटीकी अध्यक्ष श्रुति शर्मा उपलव्ध गराएकी हुन ।
सुत्केरी , शिशु , मानसिक रोगी समेतलाई आश्रय दिदै आएको माया घर नेपाललाई आफुहरुले क्रमिक रुपमा सहयोग गर्दै जाने क्लबकी अध्यक्ष शर्माले वताइन । माया घर नेपालमा समय सहयोग जुट्ने क्रम वढी रहेको छ ।

 

तपाईको प्रतिक्रिया