इटहरी । साउण्ड सिम्टममा भित्रिएको नयाँ प्रविधिहरुका विषयमा ग्राहकहरुलाई जानकारी गराउने उदेश्यले सुनसरीको इटहरीमा मुलुकमै पहिलो पटक तीन दिने साउण्ड एक्स्पो सुरु भएको छ ।
मेची कोशी साउण्ड सिष्टम ब्यवसायी संघले आयोजना गरेको एक्सपोमा करिब एक करोडको व्यापार गरिने लक्ष्य रहेको संघका अध्यक्ष विनोद कठेतले जानकारी दिए । मेची कोशी साउण्ड सिष्टम ब्यवसायी संघले आफना ग्राहकहरुलाई साउण्ड सिस्टमका विषयमा जानकारी गराउदै व्यवसायीक प्रवद्र्धनमा टेवा पुगोस भनेर एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष कठेतले वताए ।
एक्स्पोमा साउण्ड सिस्टम व्यवसायमा काम गरीरहेकाहरुलाई नि शुल्क वर्कसपको व्यवस्था गरीएको समेत कठेतले जानकारी गराए । लामो समय देखि प्रदेस नम्बर १को विकसीत सहर इटहरीमा साउण्ड सिस्टमका क्षेत्रमा काम गरि रहेका राजकुमार कार्कीले नयाँ प्रविधिको विकासका विषयमा जानकारी लिदै प्रयोगमा ल्याउन यो एक्सपोले सहयोग गर्ने र धेरै यो एक्सपोमा सामग्रीको अडर पनि भईसकेको कार्कीले बताए । साउण्ड एक्स्पो यही भाद्र २९,३० र ३१ गते सम्म सञ्चालन हुने छ । एक्स्पोमा ५ सय बढी साउण्ड सिम्टम ब्यवसायीहरुको सहभागीता रहने आयोजकले विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया