बाके, बाकेको नेपागञ्ज स्थित राझा विमान स्थलमा पर्यटन मन्त्री योगेश भट्टराई माथी भएको अभद्र व्यवहार भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका दुई विधार्थी संगठन र युवा संगठनले भर्त्सना गरेका छन ।

शनिबार साझ एक कार्यक्रममा बाके पुगेका मन्त्री फर्किने क्रममा उनलाई वुद्द एयरमा आफुलाई सामाजिक अभियान्ता दाबी गर्ने ज्ञानेन्द्र शाही र उनका समर्थकले अभद्र व्यवहार गरेका थिए । सोही विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टिका दुई विधार्थी संगठन र युवा संगठनले प्रेस विज्ञप्ति निकाल्दै विरोध गरेका छन ।

प्रेस विज्ञप्तिमा भ्रष्टचार शु-शासनको वकालत गर्नेहरु पहिला आफू सभ्य र शिष्ट हुन सिक्नुस भन्दै आगामी दिनमा पनि यस्तो हर्कत देखिए बाके जिल्लामा प्रवेश मा रोक लगाइने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया