धनकुटा । जालपादेवि माध्यमिक बिद्यालय भवनको प्रतिनिधि सभाका सदस्य माननिय राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ शिक्षा जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा धनकुटाको ६६ लाख ३८ हजार ३६ रूपैयाँ ९३ पैसाको लागतमा निर्माणाधिन दुई तला चारकोठे भवनको प्रतिनिधि सभाका सांसद माननिय राईले उद्घाटन गर्नु भएको बिद्यालयका प्रधानाध्यापक टेकनाथ अधिकारीले बताउनु भयो । उक्त बिद्यालयमा सिटिई भिटिईको मान्यता प्राप्त प्राविधिक शिक्षाको पठन पाठन गर्दै आएको छ । विगतमा गएको भुकम्पका कारण भवन क्षतिग्रस्त भएकाले पठन पाठनमा समस्या भएकाले केहि हद सम्म समस्या समाधान गर्न दुईतला चार कोठे भवन निर्माण गरिएको हो । उक्त विद्यालयमा प्राविधिक शिक्षा सिटिईभिटिईबाट सम्बन्धन प्राप्त संस्थाका रूपमा १८ महिने सिभिल सव ओभर सियरमा ४० जना, १८ महिने ईलेक्ट्रिकल सव ओभरसियरमा ४० जना, तीन बर्षे डिप्लोमा ओभरसियर सिभिल कार्यक्रममा एक सय ३० जना विद्यार्थिहरू गरि जम्मा दुईसय १० जना बिद्यार्थिहरू अध्ययनरत रहेका बिद्यालयले जनाएको छ । आगामि दिनमा यस विद्यालयमा छात्रावास भवनको अभाव भएकाले बिद्यार्थिहरूको समस्यालाई मध्य नजर गर्दै छात्र, छात्राको र लागि छुट्टा छुट्टै भवन निर्माण गरि छात्रवासको व्यावस्थाका गर्ने प्रमुख अतिथि माननिय राईले उद्घघाटनका अवसरमा वचन दिनुभयो । सोहि अवसरमा माननिय राईले छात्रवासका लागि जालपादेविकोनाममा रहेको जग्गा समेतको अवलोकन गर्नु भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष श्याम बहादुर गुरूङ्गले जानकारी दिनु भयो। धनकुटा जिल्ला मै नमुना विद्यालयका रूपमा विकास भईरहेको जालपा देवि माध्यमिक विद्यालयका छात्रछात्राहरू र शिक्षकहरूको सहयोगमा गत बर्षका आसिस पौडेल, सुस्मा दर्जिलगायतको टिमले प्राविधिक तर्फबाट ईलेक्ट्रिकल बिषय तर्फको विद्यार्थिहरूले विद्यालय परिसरमा निर्माण गरेको सगरमाथा छेउमा हाईड्रो पावरमा फोहोराको प्रदर्शनि समेतको माननियले अवलोकन गर्नु भयो । देश विकास गर्नका लागि शिक्षा सहितको जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताउदै प्राबिधिक शिक्षाको माध्यमबाटै आगामि दिनमा ईन्जिनियर, प्राबिधिकलगायतको जनशक्ति निर्माणकालागि जालपादेवि माविको शिक्षाको महत्वपुर्ण भुमिका रहने हुदा संघिय सरकारको बजेट मार्फत बिध्यालय भवनमा लागि परेको प्रमुख अतिथि माननिय राईले बताउनु भयो । माननिय राईका अनुसार आगामि १५ बर्षमा देशका सबै जनतालाईड प्राविधिक शिक्षाकै माध्यमबाट सुखपि र खुसि पार्ने वचन दिनुभयो । यस विध्यालयमा विगतका बर्षहरूमा अध्ययन गरेका विद्यार्थीहरू हाल हाईड्रो पावरमा जागिरे समेत बनिसकेको विद्यालयले जनाएको छ । उक्त कार्यक्रममा पाख्रिबास नगरपलिका प्रमुख बिर्ष बहादुर राई, जिल्ला कार्यान्वयन आयोजना ईकाई शिक्षा प्रमुख शम्भु प्रसाद पाण्डे, ईन्जिनियर भानुभक्त न्यौपाने, बिद्यार्थि, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया