इटहरी । विगत २४ वर्ष देखि सुनसरीको धरानबाट प्रकासित हुदै आएको ब्लाष्ट टाइम्स दैनिकले रजत महोत्सवको अवसर पारेर इटहरीमा आयोजना गरेको रक्तदान कार्यक्रम गरेको छ ।

ब्लाष्ट टाइम्स दैनिक इटहरीको संयोजनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय ३ जनाले रक्तदान गरे । इटहरी शाखा प्रमुख सुनिल अधिकारीको अध्यक्षता तथा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेलको प्रमुख अतिथ्यता रहेको थियो । रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको थियो । कार्यक्रममा रक्तदान कार्यक्रममा नेपाल प्रहरी ,ट्राफिक प्रहरी स्थानिय समाजसेवी लगायतले रक्तदान गरेका थिए । ब्लाष्ट टाइम्स दैनिकले रजत महोत्सव सप्ताहा कार्यक्रमको आयोजना गरि मनाउने क्रममा पुर्व क्षेत्रमा रहेका इटहरी लगायतका ८ वटा शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया