इटहरी । श्रमिक महिलाहरुका सन्तानहरुलाई शिक्षा आर्जनमा सहयोग पुगोस भन्ने उद्धेश्यले इटहरीका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

एक्प्याक्ट लग्जम्बरको सहयोगमा श्रमिक महिला साझा मञ्चले  १३ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।  इटहरी क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष भुपेन्द्र बराल ,वडा सचिव सञ्जीव खड्का माया घर नेपालकी सचिव शुभद्रा प्याकुरेलले शैक्षिक सामाग्री वितरण गरेका थिए । वितरण गरिएको शैक्षिक सामाग्रीहरुमा स्कुल ड्रेस,जुत्ता मोजा, कपी पेन्सील ,व्याग, क्याल्कुलेटर , मेग्नेटर पाटी , ज्यामिट्रिक बक्स लगायतका एक जना बराबर ६ हजारको दरले वितरण गरिएको संस्थाकी कार्यकारी निर्देशक लिला भुजेलले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया