इटहरी । साउण्ड सिम्टममा भित्रिएको नयाँ प्रविधिहरुका विषयमा ग्राहकहरुलाई जानकारी गराउने उदेश्यले सुनसरीको इटहरीमा मुलुकै पहिलो पटक तीन दिने साउण्ड एक्स्पो हुने भएको छ ।

एक्स्पो लगाउने विषयमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा मुलुकमै पहिलो पटक इटहरीमा साउण्ड एक्स्पो हुने लागेको जानकारी गराएका हुन ।

मेची कोशी साउण्ड सिष्टम ब्यवसायी संघले आफना ग्राहकहरुलाई साउण्ड सिस्टमका विषयमा जानकारी गराउदै व्यवसायीक प्रवद्र्धनमा टेवा पुगोस भनेर एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष विनोद कठेतले वताए । एक्स्पोमा साउण्ड सिस्टम व्यवसायमा काम गरीरहेकाहरुलाई नि शुल्क वर्कसपको व्यवस्था गरीएको समेत कठेतले जानकारी गराए । पत्रकार सम्मेलनमा लामो समय देखि प्रदेस नम्बर १को विकसीत सहर इटहरीमा साउण्ड सिस्टमका क्षेत्रमा काम गरि रहेका राजकुमार कार्कीले नयाँ प्रविधिको विकासका विषयमा जानकारी लिदै प्रयोगमा ल्याउन यो एक्सपोले सहयोग गर्ने बताए । साउण्ड एक्स्पो यही भाद्र २९,३० र ३१ गते आयोजना हुने भएको छ । एक्स्पोमा ५ सय बढी साउण्ड सिम्टम ब्यवसायीहरुको सहभागीता रहने आयोजकले विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया