इटहरी। सुनसरीको इटहरीमा सम्पन्न तेस्रो प्रदेस स्तरीय स्नोकर प्रतियोगिताको उपाधि इटहरीकाविकास गुरुगंले हात पारेका छन । फाइनलमा धरानका बालकुमार लिम्बुलाई ६ –४ फ्रेमले हराउदै गुरुगंले ४० हजारनगद सहित उपाधी हात पारेका हुन । दोस्रो हुने बालकुमार २० हजारमा चित्त बुझाउनबाध्य भए । सेमिफाइनलमा बिकास गुरुगंले सरोज राई हराउदै फाइन यात्रा तय गरेका थिए भने बालकुमारलेआफनै छोरा उत्सव लिम्बुलाई हराउदै गुरुगंसंग फाइनलमा भेट पक्का गरेका थिए । प्रतियोगितामासेमिफाइनलका प्रतिस्पर्धीहरु सरोज राई र उत्सव लिम्बुले १०÷१० हजार नगद हात पारे । विजयी खेलाडीहरुलाई आयोजक संस्थाका राम कार्की, श्याम कार्की साथै अतिथीहरु हिरा महतो,राजु थापा लगायतले नगद तथा शिल्ड प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगिताकोक्वाटर फाइनलका प्रतिस्पर्धीहरु गणेश गुरुगं,दोर्जे पाख्रिन,भक्त लिम्बु र आयुषगौतमलाई नगद ५,५ हजारले पुरस्कृत गरियो । प्रतियोगिता अन्र्तगत हाइबे्रकर बिकास गुरुगंबन्न सफल भए । प्रतियोगितामा प्रदेस नम्बर१का विभिन्न ठाउँका ६४जना खेलाडीहरुको सहभागीता रहेको थियो । स्नोकर खेल प्रतिपछिल्लो समयमा प्रदेस १का युवाहरुको आकर्षण बढी रहेको तर्फ मध्यनजर गर्दै खेलाडी उत्पादन तथा स्नोकरको विकास र विस्तारकालागि प्रतियोगिता आयोजना गरिएको अर्का सञ्चालक सुरज कार्कीले जानकारी दिए । सिटीहेल्थ तथा स्नोकरले विगत तीन वर्ष देखि निरन्तर रुपमा प्रदेस स्तरीय स्नोकर प्रतियोगिताआयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया