इटहरी, सुनसरीको घुस्कीमा एक व्यक्तिको सडेको अवस्थामा शव भेटिएको छ । हरिनगर गाँउपालिका ७ स्थित घुस्की बजार नजिक धान खेतमा अन्दाजी ३०-३५ उमेरको युवकको शव भेटिएको हो ।

शव सडेको अवस्थामा भेटिएको कारण व्यक्तिको पहिचान हुन नसकेको प्रहरी चौकी घुस्कीका सई हरिबहादुर कार्कीले जानकारी दिए ।

स्थानिय महिलाहरुले घाँस काट्न खेत जाँदा घोप्टीएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इन्स्पेक्टरको नेतृत्वमा टिम घटनास्थल पुगेको छ ।

शवको प्रकृति हेर्दा हत्या हुन सक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया