धरान, धरान ८ राजेश पेट्रोल पम्प स्थित कोशी लोकमार्गमा धरान बाट इटहरी तर्फ आउदै गरेको मे १ ख १३७१ नम्बरको बसको ब्रेक फेल हुदा दुर्घटना हुन पुगेको छ । डिभिजन बन कार्यालय पाँचथरको बा २ झ २०४९ नम्बरको जिप र को ३८ प ३११८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा नरेन्द्र गिरीको दाहिने खुट्टा भाँचिई घाईते भई उपचारको लागी धरान स्थित वीपी कार्यराल विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले  जनाएको छ ।

तपाईको प्रतिक्रिया