धनकुटा । मिसन मुस्कान पर्यटन प्रवर्द्धन केन्द्र धनकुटाका अध्यक्ष कुसुम रानाको प्रमुख आतिथ्यतामा धनकुटा लेडि जेसिज धनकुटाले धनकुटा वडा नम्वर ५ ओरेन्ज सीटीमा स्थापना दिवस तथा दोस्रो वार्षिक उत्सब समारोह केक काटेर मनाएको छ । लेडि जेसिज धनकुटाका अध्यक्ष प्रमिसा श्रेष्ठको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव सप्ताहाव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिनमा संस्थाको स्थापना दिवस मनाएको संस्थाकी महासचिव एवंम कार्यक्रम संयोजक जेसि साबित्रा राईले बताईन । सप्ताहापव्यापीकार्यक्रममा सातैदिन फरक फरक सामाजिक कार्यक्रम फरक फरक व्याक्तिको संयोजनमा सञ्चालन भईरहेको आयोजक संस्थाले जनाएको छ । लेडि जेसिजले जिल्लामा बिभिन्न उदाहरणिय सामाजिक कामहरू गरि नमुना बनेको बताउदै प्रमुख अतिथि रानाले ह्याप्पि ह्याप्पि गोल्ड भन्दै संस्थाको प्रगतिको कामना समेत गर्नु भयो ।

तपाईको प्रतिक्रिया