धनकुटा । धनकुटा जिल्लामै पहिलो पटक परिवर्तन पुर्नस्थापना केन्द्र स्थापना गरिएको छ । परिवर्तन पुर्नरस्थापना केन्द्र धनकुटाले मंगलबार पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गरि स्थापना गरिएको जानकारी गराएको छ । परिवारमा जो कमाउने छ, उ आफै नै दुर्ब्यसनिमा फस्ने गरेको हुदा उसलाई सुधार्नका लागि जिल्लामा कुनै संस्था नभएको हुदा उक्त संस्थाको स्थापना गरिएको संस्थाकी अध्यक्ष कुसुम रानाले बताईन । हाल जिल्लामा बढ्दै गईरहेको लागुऔषध दुर्व्यसनिलाई मध्य नजर गर्दै स्थापना गरिएको संस्थामा हाल सुनसरी र धनकुटा जिल्लाका दसजना लागुऔषध र मदिरा प्रयोग कर्ताहरू रहेका छन । यस संस्थामा ३५ जना सम्म राख्न सकिने संस्थाका उपाध्यक्ष एवंम परामर्शदाता सोयन श्रेष्ठले बताए । १६ बर्ष उमेर देखि माथि उमेर समुहका दैनिक औषधी सेवन नगरेका युवाहरूलाई मात्र हाल उक्त संस्थाले दैनिक तीन घण्टा देखि चार घण्टा सम्म सुधारात्मक परामर्श तथा योगाका साथमा मनोचिकित्सकको सल्लाह बमोजिम परामर्श दिईरहेको आयोजक संस्थाले जनाएको छ । करिब ३५ लाख देखि ४० लाखको लगानिमा उक्त संस्था सञ्चालनमा आएको हो ।

तपाईको प्रतिक्रिया