धनकुटा । मिसन मुस्कान पर्यटन प्रवर्द्दन केन्द्र धनकुटाको आयोजनामा भरखरै ि जल्लामा आउनु भएका जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी डाक्टर कृष्ण बहादुर घिमिरे र शसस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका गुल्मपति शसस्त्र प्रहरीबल नायव उपरीक्षक सचिन कर्माचार्यलाई स्वागत सम्मान गरेको छ । मिसन मुस्कान पर्यटन प्रवर्द्दन केन्द्र धनकुटाका अध्यक्ष कुसुम रानाको अध्यक्षताका सम्पन्न सम्मान कार्यक्रममा बोल्नु हुदै प्रमुख जिल्ला अधिकारी घिमिरेले महिला शक्ति महाशक्ति रहेको बताउदै यस संस्थाले जिल्लामा गरेको कामहरू उदाहरणिय बनिरहेकोले जिल्लामा देखिएका लागु औषध दुर्ब्यसनि न्युनिकरण, तासजुवालगायतका समाजमा भईरहेका बिकृति बिसंग्तीहरूकालागि पनि यस संस्थाले काम गर्न अनुरोध समेत गर्नुभयो । प्रमुख जिल्ला अधिकारी घिमिरेको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्थाकी अध्यक्ष कुसुम रानाले बताईन ।

तपाईको प्रतिक्रिया