धनकुटा । स्रष्टा सम्मान कार्यक्रमका साथमा धनकुटा लेडि जेसिज प्रस्तावित धनकुटाले सप्ताहाव्यापि कार्यक्रम शोमबारबाट सञ्चालन गरेको छ । सप्ताहाव्यापि कार्यक्रमको पहिलो दिनमा धनकुटा नगरपालिका वडा नम्वर ६ निवासि साहित्यिक स्रष्टा झमक कुमारी घिमिरेलाई सम्मान गरेको छ । यस संस्थाले विगतदेखि नै जिल्लामा विभिन्न संघ संस्थाको सहयोगमा बृक्षा रोपण, रक्तदान, मेहन्दि तालिम, भाषण कला तालिम, बिश्रान्ति आश्रमका जेष्ठ नागरिकहरूलाई सम्मानलगायतका विभिन्न सामाजिक कामहरू गर्दै आएको छ । पहिलो दिनमा स्रष्टा सम्मानका साथै श्रीपञ्चमि पार्कका रहेका अनाथ बालबालिकाहरूलाई खाध्यान्न बितरण गर्ने आयोजक संस्थाका अध्यक्ष जेसि प्रमिसा श्रेष्ठ थापाले जानकारि दिनु भयो । उहाका अनुसार दोस्रो दिनमा संस्थाको स्थापना दिवस मनाउने, तेस्रो दिनमा त्रिबेणि माविका किसोरिहरूलाई प्याड बितरण, चौथो दिनमा महिलाहरूका विचमा डोरी तान्ने खेल प्रतियोगिता, छैटौ दिनमा ट्राफिक सचेतना, भाषणकला तालिम सञ्चालन गरि संस्थाले सप्ताहाव्यापि कार्यक्रम सम्पन्न गर्ने पहिलो दिनको स्रष्टा सम्मानका अवसरमा जानकारि दिनुभयो । संस्थाकि उपाध्यक्ष विमला न्यौपानेको संयोजनमा आयोजना गरिएको स्रष्टा सम्मान कार्यक्रमको प्रमुखअतिथि झमक कुमारी साहित्य प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई रहनु भएको थियो । भने संस्थाका अध्यक्ष प्रमिसा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिका वठा नम्वर ६ का वडा अध्यक्ष नरेश श्रेष्ठ, उध्योग बाणिज्य संघ धनकुटाका उपाध्यक्ष तारा तितुङ, समृद्दि आयोजना धनकुटाका प्रमुख बलबहादुर पौडेललगायको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया