इटहरी । लुब्रिकेन्टसको बजारमा छोटो समयमै बेग्लै पहिचान बनाएको पिएलओ लुब्रिकेन्सले आफ्नो कर्मचारीहरूको स्वास्थ्य स्थितिलाइ मध्यनजर गर्दै कार्यालय परिसरमा स्वास्थ्य कक्ष स्थापना गरेको छ । करीब २०० कर्मचारीहरूलाइ प्रत्यक्ष लाभ हुने गरी कार्यालय परिषरमा २ शैयाकाे स्वास्थ्य कक्ष स्थापना गरेको हो ।

लुब्रिकेन्टसका प्रबन्धक सञ्चालक भोलेस्वर दुलाल आफैले स्वास्थ्य परिक्षण गराइ उदघाटन गरिएको उक्त स्वास्थ्य कक्षमा हप्तामा एकदिन सबै कर्मचारीहरूको स्वास्थ्य परिक्षण गरिने सञ्चालक दुलालले बताउनुभयो ।

बढदो गर्मियामका कारण फैलने बिभिन्न रोगका संक्रमण तथा माहामारीको रूपमा फैलिरहेको डेंगुको प्रकोप बाट बच्न कर्मचारीहरूलाइ नियमित स्वास्थ्य जाच गराउन कार्यालय परिषरमै स्वास्थ्य कक्ष स्थापना गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया