इटहरी । योनेक्स सनराईज नवौं पुष्पलाल स्मृति राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता मंगलबारबाट सुनसरीको इटहरीमा सुरु हुने भएको छ ।

राष्ट्रिय व्याडमिन्टन संघ नेपालको आयोजना तथा सुनसरी व्याडमिटन्टन एकेडेमी इटहरीको सहआयोजनामा प्रतयोगिता सञ्चालन हुने पत्रकार सम्मेलन गरी मार्फत जानकारी गराइएको हो ।

इटहरी रंगशालामा रहेको नेपालकै सबै भन्दा ठुलो र सुविधा सम्पन्न व्याडमिन्टन कबर्डहलमा सञ्चालन हुने प्रतियोगितामा २सय जनाले बेग्लाबेग्लै समुह अन्र्तगत प्रतिस्पर्धा गर्ने सुनसरी व्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेस कार्कीले जानकारी दिए । प्रतियोगितामा पुरुष सिंगल ,डबल महिला सिंगल डबल ,यु १७ युवा सिंगल , यु १७ महिला सिंगल र भेट्रान टिम विभाजन गरि प्रतिस्पर्धा गराइने कार्यक्रम संयोजक देवराज मादेनले बताए । खेल उद्घाटनकै दिन प्रदेस नम्बर १का मुख्य मन्त्री शेरधन राईबाट इटहरी रंगशालामा निर्माण सम्पन्न भएको व्याडमिन्टन कबर्डहलको उद्घान हुने समेत सो अवसरमा जानकारी गराइयो ।

तपाईको प्रतिक्रिया