धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला धनकुटाका संयोजक लक्ष्मि सुब्बाको संयोजकत्व एवंम राप्रपा संयुक्त पार्टीका महामन्त्रि सुनिल बहादुर थापाको प्रमुख आतिथ्तामा सम्पन्न जिल्लाका कार्यकर्ता भेलाले लक्ष्मि सुब्बाको संयोकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त धनकुटाको ११ सदस्यीय जिल्ला कार्य तदर्थ समिति गठन गरिसकेको पत्रकार सम्मेलनमा पाटिका महामन्त्रि सुनिल बहादुर थापाले जानकारी दिनु भयो । तर्दथ समितिमा सुनिल बहादुर थापा, यज्ञ बहादुर कार्की, मान बहादुर मिश्र, कृष्ण बहादुर थापा, धनेन्द्र बस्नेत, मीन बहनदुर कार्की, भिम बहालुर वि।क।, माधव दाहाल, शिलु राई, राज कुमार राईलगायत रहेको महामन्त्रि थापाले पत्रकार सम्मेलनमा बताउनु भयो । सोहि अवसरमा थापाले हाल पत्रकारहरूकालागि आएको बिध्येक पञ्चायत कालमा पनि नभएको बताउदै यसको बिरूद्दमा लागि परेको जानकारि दिनु भयो । आगामि दिनमा स्वर्गिय सुर्य बहादुर थापाको पुण्य तिथिमा प्रत्येक बर्षमा श्राद्दाञ्जलि सभा गर्ने बताउदै जापानिज सरकारको सहयोगमा जिल्ला अस्पताल धनकुटामा अक्सिजन प्लान्ट प्रदान गरिसकिएको जानकारी दिनु भयो । यसका साथै धनकुटा जिल्लामा सुर्य बहादुर ट्रष्ट दर्ता गराई सो संस्था मार्फत प्रत्येक बर्ष जिल्लामा बिभिन्न विकास मुलक कार्यक्रमहरू सञ्चालन गर्ने भावि योजना समेत रहेको थापाले जानकारी दिनुभयो । आगामि दिनमा संगठन विस्तार गर्ने उद्देश्यले गत आईतबार भेला सम्पन्न गरि पहिचान सहित युवाहरूको पार्टिमा शासस्त्र भुमिका रहने लगायतका बिषयमा जानकारी गराउनु भयो । सम्मेलनमा जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया