सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा वडा नं ४ को सभाहलमा युवा वकालत संघ मोरङ ले ४ दिने रेडियो पत्रकारिता तथा क्षमता बिकास अभिबृद्दी तालिम संचालन गरेको छ । संस्थाका अध्यक्ष युजिन आचार्यको सभापतित्वमा तथा प्रदेश सभा सदस्य केदार कार्किको प्रमुख आतिथ्यतामा कार्यक्रमको सन्चालन भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य कार्किले समाज सुधार गर्नका लागि युवाहरु अघि बढी एक ब्यक्तिबाट तथा आफै बाट सुरुवात गर्दा देशका सम्पुर्ण युवाहरु मिलेर साथ दिने कुरामा बिस्वस्त राख्दै आजै बाट आफू बाट नै परिवर्तन सुरु गरेमा समाज सुधार हुने कुरा बताएका छन ।

तिनदिने तालिममा ४० जनाको सहभागिता रहेको छ भने कार्यक्रममा सहजिकरण केपि घिमिरे र रन्जन ओझाले गरेका छन । स्वागत मन्तव्य संस्थाको जिल्ला कोषध्याक्ष मनिका राज भण्डारी ले राखेका थिए भने कार्यक्रम संचालन संस्थाका जिल्ला महासचिव निस्चल घिमिरे गरेका थिए ।

तपाईको प्रतिक्रिया