इटहरी । ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर इटहरी उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजनामा इटहरीमा शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने पुर्व शिक्षक , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , शिक्षक विद्यार्थी लगायतलाई सम्मान गरेको हो ।

उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी अध्यक्षता तथा प्रदेस सभा सदस्य सर्वध्वज साँवाको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा सम्मानितहरुलाई प्रमुख अतिथी साँवाले सम्मान गरेका थिए । एसओएस बालग्रामका निर्देशक देवचरण चौधरी , राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर विश्वकर्मा , संस्थागत विद्यालय तर्फ पिसजोन आवासिय माविका जगदिस प्रसाद ओली लगायतलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख अम्बीका साह लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया