महोत्तरी, दाजुभाई बिच झगडा हुदा महोत्तरीमा आमाको मृत्यु भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–३ बस्ने २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट गर्दा घाइते भएपछि छोराहरु लिएर अस्पताल लादै गर्दा एम्बुलेन्स पल्टेर ५० वर्षीया आमा तारा वादीको बाटोमै मृत्यु भएको हो ।

बा२च ४४४१ नंको एम्बुलेन्स शनिबार साँझ ८ बजेतिर विपी राजमार्गको बर्दिवास–३ गौरीडाँडामा पल्टिदा पैदलयात्री छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–४ का २१ वर्षीय रोशन बराइली, मृतकका दुवै छोरा र एम्बुलेन्स चालक बर्दिवास–३ का चित्रबहादुर बुढाथोकी घाइते भएका छन् ।

घटनालगत्तै प्रहरीले उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याउनासाथै तारा वादीलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

तपाईको प्रतिक्रिया