इटहरी । सुनसरीको इटहरीमा रहेको सिटि हेल्थ क्लब एण्ड स्नोकर हाउसको आयोजनामा तेस्रो प्रदेश स्तरिय स्नोकर प्रतियोगिता सुरु भएको छ । अन्य खेलहरु जस्तै स्नोकर खेलको पनि बिकास गर्ने उद्धेश्य सहित बिगत लामो समय देखि यो क्लबले प्रतियो गिता सञ्चालन गर्ने गरेको छ । अन्य खेलको तुलनामा फरक शैलिको स्नोकर खेलमा पछिल्लो समय युवाहरुको आकर्षण बढदै गएको छ । त्यसै अन्तगर्त २५ गते सम्म चलने खेलमा ६४ जना खेलाडीले सहभागीता लिएको क्लबका सञ्चालक श्याम कार्कीले जानकारी दिए । सात दिन सम्म चलने यो प्रतियोगितामा धरान, बिराटनगर, बिर्तामोड, इटहरी, बिराटचौक लगायतका क्षेत्रबाट खेलाडिले सहभागीता जनाएको क्लबका अर्का सञ्चालक रामु कार्कीले बताए । खेलको बिकास संगै प्रदेस स्तरिय खेलको आयोजना हुनेले इटहरीको पनि बिकासमा सहयोग मिलेको देखिन्छ । यो प्रतियोगितामा बिजेता हुनेलाई नगद चालिस हजार प्रदान गरिने छ भने दोश्रोलाई बिश हजार प्रदान गरिने आयोजकले जनाएको छ । साथै सेमिफाईनलमा पुग्ने दुईजनालाई दशदश हजार प्रदान गरिने छ भने चार जना क्वाटर फाईनलका खेलाडिलाई पनि नगद पाच हजारको दरले बितरण गर्ने क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया