इनरुवा । सुनसरीको इनरुवामा आगामी असोज ४ गते देखि दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

फुलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आमागी असोज ४ गतेबाट सञ्चालन हुने भएको हो ।

पत्रकार सम्मेलन गरी अघिल्लो वर्ष आयोजना गरिएको रात्रिकालीन प्रतियोगिताले खेलकुद नगरीका रुपमा इनरुवालाई चिनाउन सफल भएको तर्फ मध्यनजर गर्दै दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराइयो। ऋघिल्लो संस्कर भन्दा आधुनिक वनाउदै स्टाम्प छुने वित्तीकै बल्ने जस्तो आधुनिक शैलीमा परिमार्जीत गरी प्रयोगिता सञ्चालन गरिने आयोजक फुलवारी क्रिकेट क्लवका अध्यक्ष शिवकुमार यादवले जानकारी दिए ।

अशोज १८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा तीन बिभागीय सहित १६ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको बिजेताले ट्रफी सहित दुई लाख १ हजार पुरस्का पाउने छ भने दोस्रो हुने टिमले १ लाख १ हजार पाउने छ ।

प्रतियोगितामा अघिल्लो संस्करणको बिजेता नेपाल पुलिस सहित नेपाल आर्मी, एपीएफ, बिराटनगर, बेलबारी, सप्तरी, धनगढी, झापा, वीपीकेआईएचएस धरान, दुहवी सुनसरी, जीएचसीए काठमाण्डौं, जनकपुर यूनाईटेड बिरगंजले प्रतिस्र्धा गर्ने जानकारी गराइयो । पत्रकार सम्मेलनमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जर्सी सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया