इटहरी । इटहरी क्षेत्रमा बिभिन्न सौन्दर्य प्रतियोगिता सम्पन्न गरि सकेको ड्रिम मोडलिंग एजेन्सिले यहि भद्र २१ गते फाईनल हुने पुर्वाञ्चल मेशिभ फेसन सोको तालिम सञ्चालन गरिरहेको छ । पुर्वाञ्चलका बिभिन्न ठाउबाट आएका करिब ३५ जनालाई तालिम प्रदान गरिरहेको हो । युवाहरुको चाहानालाई ध्यानमा राख्दै हुने यस्ता प्रतियोगिताले युवाको आत्मबिश्वास बढाउन, क्षमता अयिभबृद्धि गर्ने, सामाजिक कार्यमा दक्षता दिलाउने जस्ता तालिम हुने गरेको छ ।
इटहरीको द व्यायामशालामा भई रहेको तालिमा सौन्दर्यकला सम्बन्धि, भाषणकला, ¥यामवाक लगायतको बिभिन्न बिधामा दश दिन सम्म तालिम सञ्चालन हुने ड्रिम मोडलिंगका सञ्चालक शैरभमान भण्डारिले बताए ।
दुई पटक सम्म भएको अडिसनबाट छनौट भई हाल तालिको क्रममा रहेका प्रतिस्प्रधिहरुको फाईनल भाद्र २१ गते इम्पेरियल लाउन्चमा हुने छ ।

तपाईको प्रतिक्रिया