इटहरी । जिल्ला सहकारी संघ सुनसरी इटहरी उप महानगर समन्वय समिति तथा एस डि फुटसलको आयोजनामा भएको प्रथम अन्तर सहकारी फुटसल प्रतियोगितामा हिमाली बचत तथा ऋण सहकारी सस्था बिजेता भएको छ ।
दुई दिन सम्म सञ्चालन भएको खेलमा २ वटा सहकारीले भाग लिएका थिए । इटहरी १० मा रहेको एस डि फुट्सलमा भएको खेलमा अम्बे बचत तथा ऋण सहकारी सस्था दोस्रो भएको हो । हिमाली र अम्बे बिच भएको फाइनल खेलमा सातको विरुद्ध दुई गोल गर्दै हिमाली बिजेता बनेको हो ।
सहकारीहरु बिच सुमधुर सम्बन्धका लागि सहयोग मिलोस भन्ने उदेश्यले यो प्रतियोगिता भएको कार्यक्रम सम्योजक मुरारी अधिकारीले बताए । त्यसैगरि महिलाहरु बिच पनि प्रतियोगिता भएको थियो । महिलाबाट सुभलाभ बचत तथा ऋण सहकारी सस्था बिजेता बनेको छ भने महिला बचत तथा ऋण सहकारी उपबिजेता बनेको छ ।
बिजेता, उप बिजेताहरुलाइ विष्णु रिजाल,पिताम्वर पोख्रेल,सिनेट रिजाल लगायतले सिल्ड , मेड्ल,तथा प्रमाणपत्र बितरण गरेका थिए। नगर सम्योजक भोलाकाजी बस्नेतको सभापतिमा भएको कार्यक्रममा भिम पौडेल, राष्ट्रिय सहकारी महासङ नेपालका सञ्चालक सदस्य रमेश पोख्रेल प्रमुख अतिथि रहेका थिए।

तपाईको प्रतिक्रिया