नेपाली लोक दोहोरी गायक प्रकाश कटुवाल र चर्चित अभिनेत्री प्रियंका कार्कीको विवादले यतिबेला समाजिक सञ्जालमा चर्चा पाएको छ।

केही दिनअघि गायक प्रकाश कटुवालले प्रियंकाको लगेज नेपालसम्म ल्याउन सघाएको र प्रियंकाले आफूलाई नोकरको व्यवहार गरेको भन्दै आक्रोश पोखेका थिए।

आफूलाई अपमान गरेको भन्दै प्रकाशले प्रियंकाको व्यवहार पर्दाफास गर्ने बताएका थिए।

यसबारेमा प्रष्ट पार्दै प्रियंका कार्कीले गलत आरोप लगाएर आफ्नो इज्तमा दाग लगाउन खोजेको बताएकी छिन्। आफ्नो धारणा राख्ने क्रममा प्रियंकाले आँखाबाट आँसु झार्दै प्रकाशले आफ्नो चरित्र हत्या गर्न खोजेको बताइन्।

वास्तविकता के हो हेर्नुहोस् भिडियोमा

 

तपाईको प्रतिक्रिया