इटहरी । नगरक्षेत्रमा रहेका सहकारीहरुबिच आपसी सम्वन्ध सुमधुर बनाउन मद्धत पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा अन्तर सहकारी फुटसल प्रतियोगिता सुरु भएको छ ।
सहकारी समन्वय समिति इटहरी उपमहानगरपालिका र एसडी फुटसलको आयोजनामा इटहरी नगर स्तरीय अन्तर सहकारी फुटसल प्रतियोगिता शुरु भएको हो ।
फुटसल प्रतियोगिताका संयोजक भोलाकाजी बस्नेतको अध्यक्षता तथा राष्ट्यि सहकारी महासंघका सदस्य शिव डाँगीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन सत्र सम्पन्न भएको थियो । प्रतियोगिता अन्र्तगत पुरुष तर्फ १९ टिम र महिला तर्फ ४ टिमको सहभागिता रहेको जनाइएको छ ।
सम्भवत मुलुकमै पहिलो पटक आयोजना भएको दावी गरिएको अन्तर सहकारी फुटसल प्रतियोगितामा इटहरी क्षेत्रमा सञ्चालनमा रहेका महिला बचत तथा ऋण सहकारी संस्था , पारिजात महिला बचत तथा ऋण सहकारी संस्था , मातृशिशु महिला बचत तथा ऋण सहकारी संस्था र शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट महिला टिमले प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगितामा पुरुष तथा महिला दुबै समुहका प्रथम तथा द्धितियलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने कार्यक्रम संयोजक बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया