भारतको कल्याणीमा जारी यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाली युवा टोलीले बंगलादेशविरुद्ध जित निकालेको छ । कल्याणी रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । नेपाललाई फाइनमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब थियो ।

प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपालले अब भुटबनसँग एक खेल खेल्न बाँकी छ । पाँच टोली सहभागी च्याम्पियनसिपमा नेपाल दोस्रो स्थानमा उक्लिएको छ ।

यसअघिको खेलमा श्रीलंकामाथि जित निकालेको नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहँदा घरेलु टोली भारत ६ अंकसहित शीर्ष स्थान तथा बगलादेश दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया