उज्वल थापा, म एक युवा । नेपालको वर्तमान विभिन्न अवस्थाको जानकारी राख्दा सम्भावना देखिन्छ तर कार्यनयनमा निरासा मात्रै भेटिन्छ । कहिले काही लाग्छ म मेरो विकासका लागि लागौ कि समाजका लागि काम गरौ ? यो मेरो धर्म शंकट हैन चिन्ता हो ।

म मेरो विकासलागी दिन रात काम गरी रहेको छु । सामाजिक विकासलागी आफ्नो दक्ष र क्षमताले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छु । यि कुरा मैले मात्रै गरेको छैन मेरो पुस्ता देखी माथि मेरा बा आमाले पनि गर्दै हुनुहुन्छ । तर पारीणाम के त ? त्यही निरास पन ? के हुन्छ त युवा को भबिष्य ? अहिले का युवा भोली का कर्णधार भने र म अब चुप लागेर बस्न सक्ने अवस्था रहेन । के गर्नु पर्छ त मैले भन्नु पुर्व म मेरो अवस्था को बारे जानकार राख्छु । यो मेरो मनमा उब्जिएको प्रश्न हो ?

अहिले देशको कुल जनसख्याको ४०-४५ % करिब १ करोड २० लाख युवा रहेछौ । हाम्रो देस युवा बिकास मा विश्वको ७७ औ स्थानमा छ । यि मध्य २०% युवा त बेरोजगार सुचीमा छौ । ५ लाख युवा प्रती बर्ष देश छोडेर बिदेस पलायन छन । बिदेस पलायन हुनेमा ७५% अदक्ष, २३% अर्धदक्ष र २% मात्रै दक्ष कामदारको रुपमा बहिरिदैछौ । देशको कुल अर्थतन्त्रको ३०% हिस्सा रेमिट्यान्सले सम्हालेको छ । यो अवस्थामा देशमा शिक्षालय, बाटो घाटो, अस्पातल स्वास्थ्य चौकी, सञ्चार सेवा लगायत आर्थिक स्तर कुन अवस्थामा छ यो हामी सबैमा छर्लङ छ । यि सँग सगै साहित्य, कला, संगित, धर्म, संस्क्रिती जस्ता कुराको पनि समान रुपले बिकास हुन पर्दैन ? यि बिकासका कुरा कसरी भएका छन र युवाको भूमिका कस्तो रहेको छ ।

युवा सम्भावना नै सम्भावना बोकेको हो तिमीहरुको राम्रो अवसर छ भनेका भरमा अब विश्वास गर्न सक्ने अवस्था छैन । युवा भनेको उमेर मै हो सोच ले युवा हुँदैन । हामीले देखी नै रहेका छौ कि कस्ता कस्ता युवा नेता भएर मरेको । युवा भनेको १८-३४ बर्ष भित्रको लाई मात्र युवा मान्नु पर्छ । युवा भन्ने अनी अवसर बुढाले लिने ? अन्धबिश्वास, कुरिती, कुसस्कार जस्ता कुराले समाजलाई खोक्रो बनाइ हिंसालाई उत्प्रेतित गर्ने कुन समुह हो ? युवाको श्रम र शिक्षाको सही सदुपयोग गर्न नसक्ने कुन पुस्ता हो ? उपयुक्त श्रम मुल्य किन युवाले प्रात्त गर्न सकेन ? युवालाई नैरस्यता कमजोर बनाएर लागु पर्दार्थ दुर्व्यसन, तास जुवा जस्तो खराब आचरणमा धक्केल्ने कुन तत्व छ ? यि आदी इत्यादी समस्याको जड भनेको एउटै कुरा छ । समाजको चरित्र, राजनीति नेत्रित्व, परम्परगत सोच, पुस्ता हस्तान्तरणमा कन्जुस्यायी गर्ने बुढो सोचको परिणामले युवा आफ्ना रचनात्मक र श्रीजनात्मक कृयाकलाप सँगै समुदाय बिकासका बिभिन्न क्षेत्रमा संलग्न हुन पाएका छैनन ।

समाज परिवर्तनको मुख्य हिस्सेदार युवा हो भने म अनुरोध गर्छु अब नेतृत्व युवालाई दिने सामर्थ राखौ । मैले पहिले पनि विभिन्न कार्यक्रममा भन्दै आएको छु बिगत लामो समय देखी हामी सामाजिक रुपान्तरणको लागि कृयाशिल छौ । तर पनि समाजमा अझै पनि सामाजिक एकता, भाईचारा बलियो भएको पाइदैन । अझै पनि शिक्षामा सबैको पहुच पुगेको छैन । गरीब, अपाङ्ग एवम बिपत्तीमा भएकालाई सहयोग पुगीरहेको छैन । समाजमा स्थापित कुरीती एवम खराबीलाई हटाउन सकिएको छैन । छुवाछुत अझै कायमनै छ । जातिय एवम साम्प्रदायी सघर्ष जुनै बेला पनि भड्किन सक्छ । सामाजिक उत्तरदाहित्व इमान्दारीपुर्वक जिम्मा लिने कुनै विश्वासिलो प्राय: सगठन छैन । समाजका कमजोर, असहाय र असक्त व्यक्तीका लागि सेवा पुर्याउन र समाजका पिछडिएका बर्गलाई आर्थिक एवम सामाजिक रुपमा सक्षम बनाउन हामी सबैको आफ्नो भुमिका निर्वाह गर्नुपर्ने छ । यि कुरा म किन बारम्बार दोहोराउछु ? किनकी यिनै कुरा समस्या हुन । अब सम्स्या पहिचान मात्रै हैन समाधान पनि गर्नु पर्छ ।

युवाले अब सहयोगी स्वंयसेवक मात्रै हैन नेतृत्व पनि लिन सक्नु पर्छ । अनी समाजले एक पल्ट युवालाई नेतृत्व दिने सहास पनि गर्नु होस् । तपाईंहरुको विश्वासलाई पारीणामार्थ सफल बनाएर नै छोड्ने छौ । अब स्वस्थ, कर्मठ र उद्यमी युवा । अधिराकार र कर्तब्य प्रती सचेत युवा । नेतृत्वदायी र स्वाबलम्बी युवा साथै नगर बिकास एवम समाज बिकासमा युवाको भूमिका बिस्तार गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया