सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा सवारी गाडीले किच्दा कपिलबस्तुमा मयुरको मृत्यु भएको छ ।

मन्त्री बाँस्कोटा चढेको गाडीले बुद्धभूमी १ वसन्तपुर सामुदायिक वन क्षेत्रमा जंगली मयुर किचेको हो।

मन्त्री बास्कोटा अर्घाखाँचीको शितगंगा नगरपालिका उपप्रमुख चढ्ने लु १ झ ४७६ नम्बरको  गाडीमा अर्घाखाँचीतर्फ जाँदै थिए ।

तिब्र गतिमा गुडिरहेको स्कारपियो भित्र मन्त्री सवार रहेको स्थानीयबासीले बताएका छन् ।

वसन्तपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पंचम सिंह बोगटीले मयुर चरिरहेको देख्दा देख्दै तिब्र गतिमा आएको गाडीले किचेको बताए ।

वन्यजन्तु मार्नेलाई वन ऐन अनुसार कारवाही गर्न स्थानीयले माग गरेका छन् ।

शितगंगाको ठाडाँस्थित सामुदायिक रेडियो शितगंगाको उद्घाटनका लागि सञ्चारमन्त्री बास्कोटा त्यसतर्फ गएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षी बाहेक अन्य वन क्षेत्रका पंक्षी  मारेमा वा घाइते बनाएमा २० हजार देखि ५० हजार तथा ६ महिना देखि १ वर्षसम्म कैद सजाय दुवै व्यवस्था छ ।

तपाईको प्रतिक्रिया