इटहरी । नेपाल औषधि व्यवसायी संघ सुनसरीको पहिलो अधिवेशनले इटहरीका रविन्द्र घिमीरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

सुनसरीको इटहरीमा भएको नेपाल औषधि व्यवसायी संघ सुनसरीको निर्वाचनले घिमीरेको अध्यक्षतामा ९ सदसीय नयाँ कार्य समिति चयन गरेको हो ।

संघिय संरचना अन्र्तगत भएको पहिलो निर्वाचनले उपाध्यक्षमा प्रभातकुमार श्रेष्ठ ,महासचिवमा सुवास पौडेल ,सचिव पंकज झा, कोषाध्यक्षमा दिपेन्द्रकुमार साह र सहकोषाध्यक्षमा शत्रुधनप्रसाद साहलाई छनौट गरेको छ । त्यसै गरी सदस्यमा सन्तोषकुमार सिहं , राजु श्रेष्ठ र पशुपति चौधरी चयन भएका छन । पहिलो अधिवेशन उद्घाटन सत्र नेपाल औषधि व्यवसायी संघ कोशी अध्यक्ष समितिका अध्यक्ष कुमार खतिवडाको अध्यक्षता तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सिच्युट नेपालका प्रदेस नम्बर १का अध्यक्ष डा. शंकरप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया